काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न पुगे मुगु

4.45K
shares
khanepani bord

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुगेका छन् । मुख्यमन्त्री शाही नेपाली सेनाको हेलिकप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर मुगु पुगेका हुन् ।

मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपालसहित प्रदेश सरकारको टोली मुगु पुगेको हो ।

मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खडकाले बताए । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घरसहित करोडौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो ।

IME
khanepani