जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

धनुषा । जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए ।

कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी खुलाए ।’

तालाबन्दी खुलेपछि पठनपाठन शुरु भएको झाले जानकारी दिए । तालाबन्दी खुलेपछि विना अवरोध पढाइ भइरहेको झाले बताए । आन्दोलनरत कर्मचारीलाई वार्तामा आउन अनुरोध समेत गरेको उनको भनाइ छ ।

कर्मचारी, चिकित्सक, फ्याकल्टी र सञ्चालकबीच तलबभत्ता, सञ्चयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कर्मचारीहरुले आज बिहान कलेजको विज्ञान संकायतर्फ ताला लगाएका थिए ।

१,मंसिर.२०७८,बुधबार १२:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्