
काठमाडौं । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका पाँच न्यायाधीशलाई भेट्ने भएको छ ।
सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले आज दिउँसो एक बजे पाँच न्यायाधीशहरुलाई भेटेर छलफल गर्ने जानकारी दिएका हुन् ।
तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडाल असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका थिए । यद्यपि उनीहरु इजलासमा बसेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्