काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

राई नेतृत्वको सरकारलाई विश्वासको मत दिन्छौं : कोइराला

5.23K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेस प्रदेशसभा १ संसदीय दलका नेता राजीव कोइरालाले संविधान र लोकतन्त्रको पक्षमा ५ दलीय गठबन्धन बनेको भन्दै राजेन्द्र राई नेतृत्वको सरकारलाई विश्वासको मत दिन जरुरी रहेको बताएका छन् ।

मुख्यमन्त्री राईले विश्वासको मत लिन राखेको प्रस्तावउपर प्रदेशसभामा बोल्दै कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री छँदा प्रस्तुत गरेको सर्वसत्तावादी नीतिविरुद्ध गठबन्धन उभिएको बताए ।

‘हामीलाई जनादेश विपक्षमै बस्ने थियो तर एमालेको नेतृत्वले देखाएको असंवैधानिक र अलोकतान्त्रिक चरित्रका कारण ५ दलीय गठबन्धन बन्यो । त्यसैले संविधान र लोकतन्त्रको खातिर यो प्रदेश सरकारलाई कांग्रेसले विश्वासको मत दिन्छ’, कोइरालाले भने ।

राई नेतृत्वको सरकारले प्रदेश १ का जनताको चाहना र आवश्यकता बुझेर काम गर्ने विश्वास कोइरालाले व्यक्त गरे ।

IME
khanepani