रामेछापस्थित खाँडादेवी गाउँपालिकाका १८ जना कांग्रेस छाडेर एमालेमा गरे प्रवेश

काठमाडौं । रामेछापस्थित खाँडादेवी गाउँपालिकाका १८ जना कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले एमालेमा स्वागत गरेका छन् । एमालेले मात्रै देशमा समृद्धि ल्याउनसक्ने भन्दै उनीहरुले कांग्रेस छाडेर एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

१,मंसिर.२०७८,बुधबार १४:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्