
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा खटेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कति पनि कमी नराखेको बताए ।
कोरोना महामारीमा दु:ख गरेका कारणले अरु केही गर्न नसकेपनि सम्मान भएपनि गरिएको उनले बताए। उनले भने, ‘कर्मचारीलाई कुनै भेदभव नराखी जनप्रतिनिधि र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले सम्मान गरेका हौं । ‘
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनप्रतिनिधि, कर्मचारी राजनितिक दल सबैपक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन समफल भएकाले सम्मान गरेको बताए । साथै उनले कोरोना महामारीमा खटिने कर्मचारीको तलव बृद्धि र प्रोत्साहन भत्ता पनि दिएको बताए ।
रेसुङ्गा नगरपालिका भित्र हालसम्म ९९३ जना कोरोना संक्रमित भएको नगरपालिकाले जनाएको छ । नगरभित्र ११ हजारले कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाइसकेका छन् । नगर क्षेत्रभित्र कुल जनसंख्याको आधारमा ६१ प्रतिशतले कोरोना बिरुद्धको खोप लगाएको नगरपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्