प्रधानन्यायाधीशले दिउँसो १ बजेका लागि बोलाए पूर्ण बैठक फुलकोर्टमा

काठमाडौ । काठमाडौ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक फुलकोर्ट बोलाएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो एक बजेका लागि बैठकको समय तय भएको छ ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक नियमावली संशोधन गर्ने, छलफल गर्ने र निर्देशिका पारित गर्ने फुलकोर्टको कार्यसूची रहेको न्यायाधीश कुमार चुडालले जानकारी दिए।

यसअघि न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेका थिए।

२,मंसिर.२०७८,बिहीबार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्