ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज बिहीबारदेखि लगाउन शुरु

काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज बिहीबारदेखि लगाउन शुरु गरिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार र शुक्रबार दुई दिन कोभिड-१९ विरुद्धको भेरोसेलको खोप लगाइने छ ।

भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले बताए ।

२,मंसिर.२०७८,बिहीबार १४:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्