काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध

3.77K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो ।

सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । पाण्डेले एक पक्षीयरुपमा वडाहरुमा मतदान अधिकृत तोकेको भन्दै पौडेल समूहका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ ।

सर्लाहीका पूर्वजिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालले निर्वाचन अधिकृतको भूमिका निष्पक्ष नभएको बताए । ‘उहाँको भूमिका निष्पक्ष भएन । जिल्ला सभापतिको निर्देशनमा काम गर्नुभयो,’ उनले भने, ‘पार्टी कार्यालयमा सचिवालय राख्ने र शिक्षक संघले दिएको नामबाट निर्वाचन अधिकृत तोक्ने समझदारी भएको थियो तर त्यसको विपरीत एकपक्षीय रुपमा मतदान अधिकृत तोकियो ।’

सर्लाहीमा यसअघि निर्वाचन अधिकृतका रुपमा गएका विनोद कार्कीले राजीनामा दिएपछि पाण्डेलाई केन्द्रले पठाएको हो । महाधिवेशनको मिति नजिकिँदै गएपनि सर्लाहीमा भने वडा अधिवेशन नै हुन नसकेको हो ।

‘कुनै पनि बहानामा सर्लाहीलाई अधिवेशन प्रक्रियाबाट बञ्चित गराउने काम हामीलाई स्वीकार्य हुन सक्दैन,’ नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य एवं सर्लाहीका नेता रघु कार्कीले भने, ‘जिल्लामा दुबै पक्षले समझदारी गरेर अधिवेशन प्रक्रिया चाँडो अगाडि बढाउनुपर्छ ।’

उनले दुबै पक्षीबीच समझदारीको प्रयास भइरहेको बताए । प्रदेश २ मा कात्तिक २७ देखि वडा अधिवेशन सुरु भएको हो । सर्लाहीबाहेकका जिल्लामा वडा अधिवेशन सुरु भइसकेको छ ।

IME
khanepani