काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

नेपाल बार एशोसियसनले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा

4.36K
shares
khanepani bord

काठमाडौं । नेपाल बार एशोसियसनले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत वकिलहरुले आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भन्दै आन्दोलन सशक्त बनाउने घोषणा गरेको हो ।

पत्रकार सम्मेलन गरी बार एशोसियसनले आजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपबाट अध्यक्ष चण्डेश्वर ढकाल र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकोप्रति आपत्ति जनाएको हो ।

न्यायालय शुद्धीकरणका लागि गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै बारका पदाधिकारी एवं सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बारले जनाएको छ ।

khanepani