अमेरिकी सहायक उपविदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणको सिलसिलामा आज राजधानी काठमाडौं आइपुगिन्

काठमाडौं । अमेरिकी सहायक उपविदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणको सिलसिलामा आज राजधानी काठमाडौंमा आइपुगेकी छिन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक अमेरिकी विदेशमन्त्री डोनाल्ड लू काठमाडौं ओर्लिएको एकदिनपछि किडरलिङ आइपुगेकी हुन् ।

यी अमेरिकी कूटनीतिज्ञलाई त्रिभुवन विमानस्थलमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसहित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरे । किडरलिङले नेपालका राजनीतिक नेतृत्वसहित नागरिक समाजका प्रतिनिधिलाई समेत भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

२,मंसिर.२०७८,बिहीबार १७:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्