काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

निर्णायक आन्दोलनको चेतावनीसँगै सर्वोच्च अदालतमा कडा सुरक्षा, बार परिषरमा प्रदर्शन सुरु

3.74K
shares
khanepani bord

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको राजीनामा माग गरी आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आज ‘निर्णायक’ आन्दोलनको चेतावनी दिइरहँदा सर्वोच्च अदालतमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको उल्लेख्य तैनाथी गरिएको छ । बारले प्रधानन्यायाधीशलाई राजीनामा गर्नका लागि आजसम्मको अल्टिमेटम दिएको थियो ।

कार्यकक्ष प्रवेश रोक्ने भन्दै सर्वोच्च प्रांगणमा झण्डै एक महिनादेखि दिनहुँ प्रदर्शन हुने गरेको भए पनि प्रधानन्यायाधीश जवरा भने वैकल्पिक द्वारको प्रयोग गरी कार्यालय पुगिरहेका छन् ।

प्रधानन्यायाधीशले न्यायलयको बिकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बारले राजीनामाको बटम लाइनसहित आन्दोलन सुरु गरेको थियो ।

निर्णायक भनिएको आन्दोलन सार्थक बनाउन कानून व्यवसायीहरु हतमा कालोपट्टी बाँधेर आउने क्रममा छन् । सर्वाेच्चसँगै रहेकाे नेपाल बार एसाेसिएसनकाे कार्यालयअघि प्रदर्शन सुरु भएकाे छ ।

khanepani