काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नामा सिर्जना गरेको विवादप्रति डा. केसीको आपत्ति

4.71K
shares
khanepani bord

काठमाडौं । सत्याग्रही प्रा.डा.गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले स्नातक तहको साझा प्रवेश परीक्षा विद्यार्थी भर्नामा सिर्जना गरेको विवादप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै डा.केसीले विश्वविद्यालयले कानुन अनुसार आयोगले तोकेका विद्यार्थीहरु भर्ना गर्न छाडेर विश्वविद्यालयका मेडिसिन संकायका डिनका छोरा लगायतलाई केयु स्कुल अफ मेडिकल साइन्सेजमा भर्ना गर्ने प्रयास गरेको भन्‍दै आपत्ति जनाएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालयजस्ता संस्था कुनै पदाधिकारीका पारिवारिक संस्था नभई सार्वजनिक संस्था भएकाले ती देशको विद्यमान कानुन अनुसार चल्नुपर्छ । त्यसो नगर्ने तथा आफूमाथिको नियामक निकायलाई नटेर्ने पदाधिकारीहरुलाई दण्डित गर्न हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’

उनले अदालत पुगेर चिकित्सा शिक्षा ऐन र नियमावली प्रतिकुलको अन्तरिम आदेश पाउनु र अदालतले आदेश दिनु बिडम्बनापूर्ण रहेको बताएका छन् । उनले स्मरण गराउँदै भनेका छन्, ‘अदालतका आडमा हुने मेडिकल शिक्षा क्षेत्रको अनियमितता र भ्रष्टाचारविरुद्ध हामीले यस अगाडि समेत लामो संघर्ष गरेका थियौं । लथालिंग भइसकेको मेडिकल शिक्षा क्षेत्रलाई चिकित्सा शिक्षा आयोगले नियमन गर्न खोज्दा त्यसलाई अवरुद्ध गर्न ऐनको प्रतिकुल हुने गरी आदेशहरु जारी हुनु विडम्बनापूर्ण कुरा हो।’

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिर्जना भएको पदाधिकारी विवादप्रति डा. केसीले आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘ त्यहाँ हाल सिर्जित विवादले प्रतिष्ठानको एमबीबीएस लगायतका कक्षा सञ्चालनमा प्रभाव नपर्ने सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’

धरानस्थित बीपी प्रतिष्ठानका दाधिकारीमाथिको छानवबि समितिले प्रतिवेदन बुझाइसकेकाले तत्काल दोषी पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गर्न पनि केसीले माग गरेका छन्।

IME
khanepani