प्रदेश २ मा नेकपा एसबाट दुईजना मन्त्री बन्दै, आइतबार सपथ

नेपाली जनता

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा एस सरकारमा जाने भएको हो ।

यसअघिदेखि नै सरकारमा जाने भने पनि मन्त्रालय भागबण्डा नटुंगिदा नेकपा एस सरकारमा सहभागिता अन्योल बनिरहेको थियो । मन्त्रालयको टुंगो लागेपछि नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बनाउने निर्णय गरेको छ ।

महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको छ । यसको पुष्टि मन्त्री बन्न लागेका संसदीय दलका नेता महतोले गरेका छन् ।

एउटा राज्यमन्त्री दिने सहमती भए पनि तत्काल सपथग्रहण नहुने बुझिएको छ । कात्तिक ५ गते आइतबार दिउँसो २ बजे नयाँ मन्त्रीको सपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनायो ।

मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।

यो पनि पढ्नुहोस  भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि आदानप्रदान पत्रमा हस्ताक्षर
३,मंसिर.२०७८,शुक्रबार १४:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: