थप २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३६९ जना संक्रमणमुक्त ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार कोरोना भाइरस (कोभिड—१९) का २९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९७२ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै शुक्रबार थप ३६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु भएको छ ।
आज देशभरी ७ हजार ५३९ जना सक्रिय संक्रमति रहेका छन् ।

३,मंसिर.२०७८,शुक्रबार १६:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्