काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति...

पुरा पढ्नुहाेस्

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

3.82K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो । सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह-सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।

khanepani