बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

तेस्रो देशका नागरिक नेपाल हुँदै रेल चढेर भारत जान नपाउने

4.93K
shares
khanepani bord

काठमाडौं । तेस्रो देशका नागरिकहरु नेपाल हुँदै रेल चढेर भारत जान नपाउने भएका छन् । भारतीय अधिकारीहरुले सुरक्षाको जोखिम देखेपछि नेपालको रेल विभागले कुर्था-जयनगर रेलमा तेस्रो देशका नागरिकलाई चढ्न अनुमति नदिने जनाएको हो ।

विभागका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार दुई मुलुकबीच रेल संचालन गर्नेबारे भएको स्ट्यान्डर्ड अप्रेटिङ प्रोसेडियूर (एसपीए) सम्झौतामा समेत यस्तो व्यवस्था गरिएको छ ।

गत महिना दिल्लीमा नेपाल र भारतले एसपीए सम्झौतामा हस्ताक्षर गरेका थिए । गत अक्टोबर २२ मा भारतले नेपाललाई ३४.९ किलोमिटर लामो कुर्था-जयनगरको रेलवे पूर्वाधार खण्ड हस्तान्तरण गरेको थियो ।

भारतले सुरुमै तेस्रो देशका नागरिकलाई रेलसेवा लिन पूर्णतः प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेको थियो । सुरुमा नेपालले भारतको यस्तो प्रस्ताव अस्वीकार गरेपनि पछि नेपालभित्र तेस्रो देशका नागरिकले रेल चढ्न पाउने भएपनि भारत जानलाई रोक्ने सहमती भएको थियो ।

भारतको सीमा सुरक्षा चासोकै कारण उक्त चर्चित एसपीए सम्झौतामा हस्ताक्षर हुन ढिलाइ भएको थियो । एसपीए सम्झौतामा हस्ताक्षर भएपनि कहिलेदेखि रेलसेवा पुनःसंचालनमा आउँछ र नेपालले कहिलेदेखि रेल कानून लागू गराउँछ भन्ने यकिन छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवकुमार शर्माले मन्त्रालयले रेलवे बारेको अध्यादेशको खाका मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको बताए ।

IME
khanepani