
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । अहिले बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी छ ।
आगामी महाधिवेशनकै विषयमा दुई नेताबीच कुराकानी भइरहेको कोइराला निकट एक नेताले जानकारी दिए ।
पार्टीको महाधिवेशन नजिकिएका बेला कोइरालाले सक्रियता बढाएका छन् । आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला पनि सभापति पदकै आकांक्षी हुन् ।
कोइरालाले शनिबार नै नेता प्रकाशमान सिंहसँग समेत भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्