
बुटवल । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना दाङकी महिला र एकजना बाँकेका पुरुष छन् ।
मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
यस्तै मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताए ।
यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्