काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

भारत अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित

3.84K
shares
khanepani bord

काठमाडौं । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको जानकारी दिए ।

संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । बैठकमा कोरम पुग्न आठ सदस्य चाहिन्छ । तर बैठकमा ‘पाँच÷सात जनामात्रै’ सदस्य उपस्थित भएको एक कर्मचारीले बताए ।

आइतबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।

khanepani