द्वन्द्वकालीन गम्भीर घटनामा आममाफी दिन सकिंदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताएका छन् ।

नेपालमा वृहत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको सन्दर्भमा आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसकिने स्पष्ट पारेका हुन् ।

शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु हाम्रो साझा दायित्व हो भन्दै ओलीले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्ने र सदभाव राख्ने अन्तर्राष्ट्रिय समुदायलाईसमेत विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई सर्वाङ्गीण विधिबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

५,मंसिर.२०७८,आईतवार १३:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्