काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले उद्घाटन गरेका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन, स्थलगत अध्ययन सुरू

4.08K
shares
khanepani bord

काठमाडौं । प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि सूचना विभागले छानबिन थालेको छ ।

मिडियामा विदेशी लगानी ऐनबाटै प्रतिबन्धित भएकोमा योगगुरु रामदेवको उपस्थितिमा पतञ्जलीका दुई च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी थिए । दुवै च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता नभएको र प्रसारण अनुमतिसमेत नलिएको खुलेको छ ।

यसैबीच सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले नेपाल प्रेसलाई जानकारी दिए ।

मण्डिखाटारमा स्थायी ठेगाना राखिएका दुवै अवैध च्यानलको कार्यालयमा गएर छानविन गरिने समितिले जनाएको छ । एउटा टोली आइतबारै स्थगलत अध्ययनमा गएको छ ।

khanepani