
पोखरा । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् ।
‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनीमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’
आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।
सोमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्