न्यूयोर्क राज्य संसदको चुनावमा नेपाली मूलकी सराहना श्रेष्ठको उम्मेदवारी

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । न्युयोर्क राज्यको संसदमा उम्मेदवारी दिने उनी पहिलो नेपाली मूलकी अमेरिकन हुन् । उनले संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदवारी दिएकी हुन् ।

उनले जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयलाई चुनाबी एजेन्डा बनाएकी छिन् । न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने क्षेत्रबाट उनले उम्मेदवारी दिएकी हुन् । डेमोक्रेटिक नेता केभिन काहिलले यसपटकको डेमोक्रेटिक प्राइमरीमा श्रेष्ठको सामना गर्नुपर्नेछ ।

सन् २०२२ को जुनमा हुने प्राइमरीका लागि श्रेष्ठले चुनावी अभियान सुरु गरेकी छिन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेन्डाको समर्थन गरेकी छिन । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले सोमबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको समर्थन गरेका छन ।

आगामी जुनमा हुने प्राइमरी चुनावमा जितेको खण्डमा उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा जित्ने लगभग निश्चित हुनेछ । रहनेछ । श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य हुन् । डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह-अध्यक्ष समेत हुन् ।

६,मंसिर.२०७८,सोमबार १४:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्