
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टीको दशौं महाधिवेशनमा सचिवका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूसँग एमाले सचिवका लागि हुनपर्ने सबै भएको भन्दै उनले महाधिवेशनबाट निर्वाचित हुने दाबी पनि गरे ।
बास्कोटाले भने स्वभाविकरुपमा अहिलेभन्दा एक स्टेप माथि जाने सोच छ । केन्द्रीय सदस्य भइसकेको छु, सचिवमा मेरो सशक्त दाबी रहन्छ ।
उनले महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु नौलो नभएको भन्दै सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।
पछिल्लो समय सात सचिवका लागि दुई दर्जन बढी नेताहरुले आकांक्षा व्यक्त गरिसकेका छन् ।
बास्कोटासँगको महाधिवेशनकेन्द्रित भिडियो अन्तरवार्ता केही समयपछि सार्वजनिक हुँदैछ
प्रतिक्रिया दिनुहोस्