काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

चितवनमा रंगशाला बनाउनेतर्फ अगाडि बढ्नुपर्छ: प्रचण्ड

4.38K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रंगशाला निर्माण हुने बताएका छन्।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला आर्थिक अभावले गर्दा गत साउनदेखि नै काम रोकिएको छ।

कलाकारद्वय धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अगुवाईमा फाउण्डेशनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको थियो।

आज चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले रंगशाला निर्माण गर्न आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लागे पनि पछि विवाद बढ्दै गएको पनि उल्लेख गरेका छन्।

‘निकै ठूलो मेहनतले यहाँ रंगशाला निर्माण अगाडि बढेको हो। तत्कालीन प्रधानमन्त्री र मसहित उपस्थित भएर निर्माण गरिछाड्ने भनिएको हो,’ प्रचण्डले भने, ‘पछि विवाद बढ्दै जाँदा कसरी नबनाउने भन्नेतिर प्रधानमन्त्री गए, म कसरी बनाउने भन्नेतिर गएँ।’

उनले रंगशाला निर्माणको काम अगाडि बढाउनुपर्ने पनि बताए। ‘कुनै तरिकाले हामी रंगशाला निर्माणका लागि अगाडि बढ्नैपर्छ,’ उनले भने।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले पनि रंगशाला निर्माणमा सरकारका तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाएका थिए।

धुर्मुस सुन्तली फाउन्डेसन करिब १७ करोड ऋणमा छ। सामग्री खरिद गरेको पैसा तिर्न बाँकी रहेपछि रंगशाला निर्माणको काम अगाडि बढेको छैन।

IME
khanepani