
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज दिउँसो तीन बजेका लागि डाकिएको बैठक भोलि बस्ने गरी स्थगित भएको हाे । बैठक भोलि बिहान ११ बस्ने तय भएको छ ।
महाधिवेशन तयारीको समीक्षा र विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने बैठकको कार्यसूची थियो ।
एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्