काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

सर्वोच्च अब गोला प्रथामा, प्रधानन्यायाधीशको जिम्मेवारी पेसी व्यवस्थापन निर्देशन समितिमा (पूर्णपाठ)

3.63K
shares
khanepani bord

काठमाडौं । प्रधानन्यायाधीश हटाउने अभियानको नेतृत्व गरेका बरिष्ठतम न्यायाधीशहरूको इच्छाविपरीत सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू हुने भएको छ ।

सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित गरेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख छ ।

गोला प्रक्रिया सन्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्च अदालतका मुख्य रजिष्टारलाई दिइएको छ । साथै यो प्रक्रियामा सबै भन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ ।

यसअघि प्रधानन्यायाधीशले सम्पादन गर्ने पेसी व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य सर्वोच्च अदालतको मुद्दा महाशाखाले हेर्नेछ ।

यसअघि प्रधानन्यायाधीशले पेसी व्यवस्थापन गर्ने गरेकोमा अब पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । यसका लागि अब बस्ने फुल कोर्टले निर्देशन समिति गठन गर्नेछ ।

khanepani