काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

हरिसिद्धि सडक २५ मंसिरभित्र कालोपत्रे गर्न स्थानीयसँग लिखित सहमति

3.85K
shares
khanepani bord

ललितपुर । ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै आन्दोलनमा उत्रेका स्थानीयसँग सरकारी अधिकारी, स्थानीय जनप्रनिधिको रहोबरमा ठेकेदारसँग सडकमै सहमति भएको छ ।

हरिसिद्धि सडक खुलाउन सोमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सीएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् ।

सहमति अनुसार आज मंगलबारबाटै कामदार बढाएर काम शुरु हुने सीएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसीले बताए ।

डिभिजन सडक कार्यालयका प्रमुख पाण्डेले समयमा काम पूरा नगरे ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गरिने बताए ।

वडाध्यक्ष महर्जनले यही २५ गतेसम्म प्रतिबद्धता अनुसार सडकको काम नभए फेरि स्थानीयले बन्द गर्ने धम्की दिएको बताए । सहमति अनुसार २ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

khanepani