कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका ४ को राजीपुरमा सुदूरपश्चिम प्रदेश ०१००९- प २९०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

७,मंसिर.२०७८,मंगलवार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्