काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे तीन बजे बस्ने गरी स्थगित

3.91K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे तीन बजे बस्ने गरी स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बानेश्वरमा सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा जाने भएपछि बैठक स्थगित भएको छ ।

मंगलबार साढे ११ बजे बसेको बैठक केहीबेरमै स्थगित भएको थियो । १० औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएपछि बैठक स्थगित भएको छ । महाधिवेशनको तयारीबारे मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले रिपोर्टिङ गरेका थिए ।

दिउँसो साढे ३ बजे बस्ने बैठकमा विभिन्न क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको अवस्था, केन्द्रीय कमिटीबाट मनोनित हुने प्रतिनिधि सिफारिस, महाधिवेशन सञ्चालन तालिका र निर्वाचन प्रक्रियाबारे छलफल हुने कार्यसूची रहेको सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

IME
khanepani