नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे तीन बजे बस्ने गरी स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे तीन बजे बस्ने गरी स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बानेश्वरमा सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा जाने भएपछि बैठक स्थगित भएको छ ।

मंगलबार साढे ११ बजे बसेको बैठक केहीबेरमै स्थगित भएको थियो । १० औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएपछि बैठक स्थगित भएको छ । महाधिवेशनको तयारीबारे मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले रिपोर्टिङ गरेका थिए ।

दिउँसो साढे ३ बजे बस्ने बैठकमा विभिन्न क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको अवस्था, केन्द्रीय कमिटीबाट मनोनित हुने प्रतिनिधि सिफारिस, महाधिवेशन सञ्चालन तालिका र निर्वाचन प्रक्रियाबारे छलफल हुने कार्यसूची रहेको सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

७,मंसिर.२०७८,मंगलवार १४:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्