काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

विश्वविद्यालय अनुदान आयोगको ५५ वटा कार्यक्रम सञ्चालित

4.51K
shares
khanepani bord

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले विभिन्न ५५ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ ।

आयोगको २८औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव शंकरप्रसाद भन्डारीले आयोगको प्रगतिविवरण सार्वजनिक गर्दै आयोगले ५५ वटा कार्यक्रम सञ्चालित रहेको बताए ।

उनले सरकारले लिएको उद्देश्य अनुरुप उच्च शिक्षालाई समानता, समावेशी र पहुँचयोग्य हुने किसिमले संस्थागत तथा मानव स्रोत विकासका ५५ वटा विभिन्न कार्यक्रमहरु आयोगबाट संचालित रहेको जानकारी दिए ।

उच्च शिक्षा हासिल गर्न योग्यता र क्षमताका आधारमा सबै विद्यँर्थीहरुको पहुँच सुनिश्चित गर्न, अनुकुल अध्ययन अध्यापन र अनुसन्धानको वातावरण निर्माण गर्न विश्वविद्यालय तथा क्याम्पसहरुलाई सञ्चालन तथा विकास अनुदान, विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शोध सहयोग, अध्यययन अध्यापन तथा व्यवस्थापनमा संलग्न शिक्षक तथा कर्मचारीहरुको सिप, दक्षता, क्षमता अभिवृद्घिका लागि पुनर्ताजगीकरण, अनुसन्धान विधिको प्रशिक्षण, विद्वतवृत्ति, अनुसन्धान अनुदान लगायतको कार्यक्रम सञ्चालित रहेको सचिव भण्डारीले बताए ।

IME
khanepani