पछिल्लो २४ घण्टामा मंगलबार ३५१ जना कोरोना भाइरस संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १७४ जनामा नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने २७३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

गत २४ घण्टामा ९८ हजार ५११ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०९ पुगेको छ भने अहिलेसम्म ७ हजार ३०० सक्रिय संक्रमित छन् ।
हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जनामा पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।

७,मंसिर.२०७८,मंगलवार १६:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्