
काठमाडौं । नेपाली कांग्रेस लमजुङ को सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी संस्थापन निकट हुन् ।
मंगलबार भएको जिल्ला अधिवेशनबाट गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा विजयी गुरुङले ६६९ मत पाए भने उनका अर्का प्रत्यासी गमप्रसाद गुरुङले ५३६ मत पाए । टकराज १३ औं महाधिवेशनमा भने सभापति पदमै पराजित भएका थिए ।
दुई उपसभापतिमा संस्थापन समूहबाट श्रीकान्त घिमिरे विजयी भएका छन् भने अर्का उपसभापतिमा संस्थापन इतर समूहका आनन्द घिमिरे विजयी भएका छन् ।
त्यस्तै सचिवमा कृष्ण बहादुर अधिकारी र विमल श्रेष्ठ निर्वाचित भएका छन् भने सहसचिवमा नर बहादुर गुरुङ र विश्व पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै बहुमत उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्