नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् ।

मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहका जवेगु सभापतिमा विजयी भएका हुन् । उनले ६३४ मत पाए भने अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार दाहालले ४१६ मत पाएको निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा विजयी जवेगु यसअ कार्यसमिति सचिव थिए ।

जिल्ला कार्यसमितिको उपसभापतिमा डिकेन्द्र चेम्जोङ र वृजहाङ आङदेम्बे निर्वाचित भएका छन् । चेम्जोङले ४५१ मत पाएका छन् भने आङदेम्बेले ६२५ मत पाएका छन् ।

त्यस्तै दुई सचिवमा डेकेन्द्र तामाङ र दिपक नेपाल विजयी भएका छन् । तामाङले ४७० र नेपालले ५२७ मत पाएका छन् । सहसचिवमा गजेन्द्र राई र सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् ।

८,मंसिर.२०७८,बुधबार १२:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्