जापान र अष्ट्रेलिया खुलेपछि १२ हजार नेपाली विद्यार्थी जाने तयारीमा, ७ अर्बको जोखिम टर्‍यो

नेपाली जनता

काठमाडौं । अष्ट्रेलिया र जापानले अन्तर्राष्ट्रिय सीमा खुला गरेपछि त्यहाँ अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी उत्साहित भएका छन् । अष्ट्रेलियाले डिसेम्बर १ र जापानले नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत विभिन्न भिसाअन्तर्गत यात्रा गर्न चाहने यात्रुकालागि आवागमन खुला गर्ने निर्णय गरिसकेका छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले भने, ‘जापान र अष्ट्रेलियाको घोषणाले नेपाली विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई खुशि दिलाएको छ ।’

उनका अनुसार अस्ट्रेलियाको लागि मात्र झन्डै चार हजार नेपाली विद्यार्थीले अध्ययनका लागि भिसा लिएका छन् । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको झन्डै सात अर्ब रुपैयाँ लगानी भएको छ ।

अस्ट्रेलियामा अध्ययनका लागि भिसा पाएका झन्डै चार हजार र जापानका लागि सीइओ पाएका आठ हजारभन्दा बढी विद्यार्थी उत्साहित भएका छन् । कोभिडका जोखिमका कारण लामो समयदेखि सीमा बन्द हुँदा कतिपय विद्यार्थी डलरमा शुल्क तिरेर नेपालमै बसेर अनलाइन कक्षा लिन बाध्य भएका थिए ।
जापानका लागि औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ फसेको छ ।

जापान र अष्ट्रेलियाको नयाँ निर्णयपछि कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाई योग्य भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकासहित यात्रा छुटका लागि आवेदन नगरी ती मुलुकमा जान सक्नेछन् ।

अस्ट्रेलियाका तीनवटा स्टेटबाहेकमा विद्यार्थीले क्वारेन्टिन बस्नुपर्ने नियम छ । न्यू साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी र भिक्टोरिया स्टेटमा जाने पूर्णखोप लगाएकाले क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस  ट्रकको ठक्करबाट दुईको मृत्यु
८,मंसिर.२०७८,बुधबार १२:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: