काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन

3.55K
shares
khanepani bord

मोरङ । उच्च बार विराटनगरले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्।

न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ ।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने विराटनगर बारले जनाएको छ।

बारको विरोध कार्यक्रमले अदालतमा आउने सेवाग्राही प्रभावित भएका छन्।

khanepani