काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादी पार्टी एमाले भन्दा शक्तिशाली : माधव नेपाल

3.85K
shares
khanepani bord

जनकपुरधाम। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमाले भन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए ।

नेपालले सूर्यमा ग्रहण लागिसकेको बताउदै कलम चल्न थालेको बताए । केपी ओलीको हठका कारण एमालेको यो दशा भएको भन्दै उनले आगामी निर्वाचनमा यो पार्टी चोइटिएर जाने बताए ।

अध्यक्ष नेपालले बुधबारै जनकपुरधाममा पार्टीको धनुषा जिल्ला पार्टी कार्यालय उद्घाटन समेत गरेका छन् ।

khanepani