काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए ज्ञापनपत्र

4.34K
shares
khanepani bord

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले बताइन् । उनले भनिन्, ‘सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन प्रधानमन्त्रीले दिनुभयो।’

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएको उनको भनाइ थियो । पछिल्लो पटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।

IME
khanepani