एमाले महाधिवेशनका लागि चितवनमा ४६ स्वागतद्वार बनाइने

नेपाली जनता

चितवन । एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि जिल्लाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार कम्तीमा पनि ४६ वटा स्वागतद्वार बनाउने योजना छ ।

पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका छन् ।

उनका अनुसार काठमाडौंबाट चितवन भित्रिने सीमाना मौवा खोला, पोखरालगायतका ठाउँबाट चितवन भित्रिने मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रिने पुल्चोक र पूर्वी नेपालबाट चितवन भित्रने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ ।

पूर्वी चितवनको टाँडीबाट एमाले महाधिवेशन बन्दसत्र हुने सौराहासम्म १८ वटा गेट तयार गरिएको छ । स्वागतद्वार एमालेका विभिन्न भातृ संगठनहरुले निर्माण गरेका हुन् ।

यो पनि पढ्नुहोस  आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन २०७४ को मस्यौदा: प्रदेशमा विद्रोह भए केन्द्रीय फौज !
८,मंसिर.२०७८,बुधबार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: