अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ ।

पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

कम्पनीले दुई वटा अमेरिकी बिचक्राफ्ट र बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट आन्तरिक रुटमा उडान गरिरहेको छ । गुण एयरलाइन्सले अहिले काठमाडौबाट भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान गरिरहेको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरको लागि केही समयमै उडान भर्ने गरी कम्पनीले तयारी गरिरहेको छ । यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरीय हवाई सेवा दिन सोहीअनुसार उडान थप गर्दै आन्तरिक हवाई बजारमा सेवा दिने उनले बताए ।

८,मंसिर.२०७८,बुधबार १६:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्