गाउँपालिका महासंघका अध्यक्ष श्रेष्ठद्वारा एमाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा

काठमाडौं । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले जनजाति कोटाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पञ्चायतकालमा बुबालाई गोली हानेर हत्या गरेपछि श्रेष्ठको राजनीतिप्रति चासो बढेको हो । २०५४ सालमा अर्थात् २२ वर्षको उमेरमा नै तत्कालीन पाङताङ गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएर देशव्यापी चर्चा कमाएका श्रेष्ठ अहिले सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिकाका अहिले अध्यक्ष छन् ।

नेकपा एमालेको विभिन्न कमिटीहरुमा क्रियाशील श्रेष्ठलाई तत्कालीन विद्रोही माओवादीले अपहरणसमेत गरेका थिए । माओवादी ज्यादातीविरुद्ध प्रतिकारमा उत्रेका श्रेष्ठ अहिले गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष छन् ।

देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुसँग राम्रो ‘नेटवर्क’ भएको र पार्टीमा लामो समयदेखि क्रिायशील रहेकाले योपटकको अधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवार दिने र जित्ने दाबी श्रेष्ठले गरे ।

९,मंसिर.२०७८,बिहीबार १६:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्