काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी

4.49K
shares
khanepani bord

काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो ।

बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो विषय हेर्ने सदस्य रामकुमार फुँयाल थिए । तर आयोगका उपाध्यक्षले आफैं संयोजक बन्न आयोगको प्रतिनिधि बनेका थिए ।

सदस्यलाई पठाउनु पर्ने ठाउँमा पुँजी बजार हेर्ने कार्यक्षेत्र समेत आफैंले राखेर उपाध्यक्ष पौडेल नै संयोजक बनेपछि शुरुदेखि नै विवाद भएको थियो । अर्थमन्त्रालय स्रोतका अनुसार उपाध्यक्ष पौडेलको संयोजकत्वमा बनेको समितिले सिफारिस गर्दा विवाद हुने देखिएपछि नयाँ समिति गठन गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरिएको हो ।

‘सदस्यलाई संयोजक तोक्नु पर्ने नेपाल धितोपत्र बोेर्ड ऐन, २०६३ को दफा ७ को उपदफा ३ मा स्पष्ट व्यवस्था भएपनि उपाध्यक्ष ज्यूले बठ्याई गरेर आफैं बस्नु भएको भन्ने धेरैको गुनासो थियो’ स्रोतले भन्यो, ‘नियुक्ति प्रक्रिया निर्विवाद बनाउन अब अहिलेको प्रक्रिया रद्द गरेर नयाँ प्रक्रियाबाट नियुक्ति गर्ने तयारी गरिएको हो । यसअघि मन्त्रालयस्तरबाटै समिति बनेको थियो । अब भने मन्त्रिपरिषद् बैठकबाटै नयाँ छनोट समिति बनाउने मन्त्रालय स्रोतले बताएको छ ।

IME
khanepani