प्रधानमन्त्री देउवा र बीजेपी नेता हर्षवर्धनबीच भेटवार्ता

काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवा र भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. हर्षवद्र्धनबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भाजपाका राष्ट्रिय सचिव हरिश द्धिवेदी पनि सहभागी थिए । नेकपा एमालेको दशौं महाधिवेशनमा भाग लिन नेपाल आएका दुई बीजेपी नेताहरु आजै चितवन पुगेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले डा. हर्षवर्धनलाई उनी स्वास्थ्यमन्त्री हुँदा नेपाललाई कोभिड-१९ महामारीविरुद्ध गरेको खोप तथा स्वास्थ्य सहायताप्रति धन्यवाद दिएका थिए ।

दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउनेबारे उनीहरुबीच छलफल भएको जनाइएको छ ।

१०,मंसिर.२०७८,शुक्रबार १३:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्