रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न १० जना तिलगंगाबाट पक्राउ

नेपाली जनता

काठमाडौं । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेलसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, टोखा ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, ८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका २० वर्षीय जीवन थापा, सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिका-८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस  ‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष
१०,मंसिर.२०७८,शुक्रबार १६:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: