बाढीप्रभावितको घर पुनर्निर्माणका लागि चिनियाँ रेडक्रसले नेपाललाई १ लाख अमेरिकी डलर सहयोग गर्ने

नेपाली जनता

काठमाडौं । बाढीप्रभावितको घर पुनर्निर्माणका लागि चिनियाँ रेडक्रसले नेपाललाई १ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार सो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सहयोग गरिने भएको हो ।

चिनियाँ जनता नेपाली जनताको पक्षमा उभिने र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने, विपद् रोकथाम तथा न्यूनीकरणमा नेपाली पक्षसँग सहकार्य गर्ने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाललाई मानवीय सहायतामा सघाउन तयार रहेको बताउँदै चीनले दुःख र शोक बाँड्ने प्रतिबद्धतासमेत जनाएको छ ।

यो पनि पढ्नुहोस  निर्माण व्यवसायीलाई अज्ञात नम्बरबाट श्रृङ्खलाबद्ध ज्यानमार्ने धम्की, क-कसलाई आयो धम्की ?
१०,मंसिर.२०७८,शुक्रबार १७:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: