भरतपुरबाट सवारीचालक अनुमतिपत्र नवीकरण

नेपाली जनता

भरतपुर । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।

सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए ।

स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।

कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।

यो पनि पढ्नुहोस  २५५ जना कोरोना संक्रमित थपिए, कहाँ कति थपिए संक्रमित
१०,मंसिर.२०७८,शुक्रबार १७:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: