
काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन । सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरु भएको छैन ।
राति अवेरसम्म बसेको र नेताहरू आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू छलफलमा जुटेका छन् भने अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल पनि छुट्टै परामर्श गरिरहेका छन् ।
नेताहरू छलफलमा जुटेकोले अहिले बन्दसत्रस्थलमा प्रतिनिधिहरू छरिए र रहेका छन् । कोही फोटो सेसनमा बेस्त भएका छन् ।
बन्दसत्र सुरु भएपछि आजै नयाँ नेतृत्व चयनको प्रकृया सुरु हुनेछ । यसपटक एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयासमा गरिएको छ । त्यसैका लागि पदाधिकारी संख्या थप गरेको छ ।
साथै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।
अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्