काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

अध्यक्षमा भोट माग्दै भीम रावल, चुनाव हुने सम्भावना बढ्यो

3.59K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेमा १० महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न थालेका छन् । उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थालेका हुन् । उनले प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन आग्रह गरिरहेका छन् ।

यसअघि शुक्रबार साँझ पनि आफूले दिएको उम्मेदवारी फिर्ता नलिने बताएका थिए । केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म पनि छलफल नहुँदा सर्वसम्मत हुने सम्भावना कम हुँदै गरेको छ ।

यसैबीच रावलले अध्यक्षमा भोट नै माग्न थालेपछि निर्वाचन हुने सम्भावना थप बढेको हो ।

khanepani