काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

3.78K
shares
khanepani bord

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका-डोकेबजार नजिकै सुपप्र ०१-००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकको ठक्करबाट घोडाघोडी-१ बेलारका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक रहेका शर्माको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

यसैबीच मृतकका आफन्तले घोडाघोडी नगरपालिकाको सुखडमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका उनीहरूले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

khanepani